नेविसंघले भन्यो- कांग्रेसको सबै तहका नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्छ « Khabarhub

नेविसंघले भन्यो- कांग्रेसको सबै तहका नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्छ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनावभन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीमा रहेका युवाहरूको भावनालाई बुझ्दै निर्वाचनअघि महाधिवेशन गरेर पार्टीलाई शुद्धिकरणतर्फ अघि बढाउन माग गरे।

उनले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासनयुक्त र पारदर्शी बनाउने उद्धेश्यसहित पार्टीका सबै तहमा बसेका व्यक्तिको सम्पत्तिको अद्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति बनाउन पनि भनेका छन्।

जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत अभियानका रुपमा अघि बढाइने उनले बताए ।

अध्यक्ष शेर्पाले जेन-जी आन्दोलनका क्रममा भएका घटनामा पूर्वप्रधानमन्त्री र गृहमन्त्री छानबिनमा दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

उनले काठमाडौं महानगर प्रमुख बालेन साहमाथि पनि छानबिन गरि दोषि देखि कारबाही गर्नुपर्ने बताए ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरे ।

नेविसंघले देशको शान्ति सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरूको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ३६ बजे

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि