नेविसंघले भन्यो- कांग्रेसको सबै तहका नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्छ « Khabarhub

नेविसंघले भन्यो- कांग्रेसको सबै तहका नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्छ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनावभन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीमा रहेका युवाहरूको भावनालाई बुझ्दै निर्वाचनअघि महाधिवेशन गरेर पार्टीलाई शुद्धिकरणतर्फ अघि बढाउन माग गरे।

उनले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासनयुक्त र पारदर्शी बनाउने उद्धेश्यसहित पार्टीका सबै तहमा बसेका व्यक्तिको सम्पत्तिको अद्यावधिक विवरण प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति बनाउन पनि भनेका छन्।

जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत अभियानका रुपमा अघि बढाइने उनले बताए ।

अध्यक्ष शेर्पाले जेन-जी आन्दोलनका क्रममा भएका घटनामा पूर्वप्रधानमन्त्री र गृहमन्त्री छानबिनमा दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

उनले काठमाडौं महानगर प्रमुख बालेन साहमाथि पनि छानबिन गरि दोषि देखि कारबाही गर्नुपर्ने बताए ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरे ।

नेविसंघले देशको शान्ति सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरूको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ३६ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६