दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ « Khabarhub

दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले गत भदौ २३ र २४ गतेको भएको ७६ जनाको हताहती र विध्वंशमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पनि छानबिनमा तान्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जने-जी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक छानबिनको क्रममा दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

उनले त्यस क्रममा भएको विध्वंशमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहमाथि पनि छानबिन गरी दोषी देखिएमा कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेर बहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरे । 

उनले जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा अघि बढाइने पनि बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ४३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट