दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ « Khabarhub

दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले गत भदौ २३ र २४ गतेको भएको ७६ जनाको हताहती र विध्वंशमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पनि छानबिनमा तान्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जने-जी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक छानबिनको क्रममा दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

उनले त्यस क्रममा भएको विध्वंशमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहमाथि पनि छानबिन गरी दोषी देखिएमा कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेर बहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरे । 

उनले जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा अघि बढाइने पनि बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ४३ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन