बस्नेतको ‘सिमसारा’लाई दुई लाखको विमल गुरुङ कृति पुरस्कार दिने घोषणा « Khabarhub

बस्नेतको ‘सिमसारा’लाई दुई लाखको विमल गुरुङ कृति पुरस्कार दिने घोषणा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार इलाम निवासी बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । 

निर्णायक समितिले सिफारिस गरेपछि पुस्तकालय संचालक समितिको सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतद्वारा लिखित ‘सिमसारा’ उपन्यासलाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो ।  

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल गुरुङ कृति पुरस्कारकालागि आव्हान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए । प्राप्त भएका ती कृतिहरूमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए । 

उक्त पुरस्कार आगामी कात्तिक १९ गते आयोजना हुने ३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा नगद राशी दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने छ ।

पुस्तकालयद्वारा जारी विज्ञप्तिअनुसार ‘सिमसारा’उपन्यास पूर्वी नेपाल इलाम चारखोलको कथा हो । जसमा एक परिवारको विघटनको कथा बुनिएको छ । 

घरको मूल खाँबो अर्थात् घरमुलीले आफ्नी पत्नीप्रति आकर्षण नदेखाएपछि पत्नीमा रुमल्लिएको जीवनको अत्यासलाग्दो यात्रा, बाबु–आमाबिचको बेमेलले उनीहरूको सन्तानलाई बारम्बार लागिरहने बाछिटा उपन्यासका मूल विषय हुन् ।

उपन्यासमा मूलतः पारिवारिक मनोविज्ञान, चारखोलको चिहानघारी नजिक रहेको घरको परिवेश र यस स्थानका भौतिक–अभौतिक अवस्थाको चित्रण प्रमुख पक्ष हुन् । ‘सिमसारा’ पछिल्लो समयको सामाजिक यथार्थवादी उपन्यास भएकाले पुरस्कारको हकदार बनाइएको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि पुस्तकालयले बेलायतका नरेश काङमाङको कविता सङ्ग्रह ‘तेप्लायु’ भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’ गोरखाका चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र इलामका प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘शव्दथुम’ लाई सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ४९ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण