भक्तपुरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

भक्तपुरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त छन् ।  

दीपावलीका लागि तिहारमा हरेक घर घरमा दियो बालिने हुँदा पनि माटोको पाला माग अन्य समयमा भन्दा तिहारमा बढी हुने स्थानीय विनोदकुमार प्रजापतिले जानकारी दिए । 

बजारमा हिजो आज विभिन्न इलेक्ट्रनिक बत्तीहरूको बिक्री वितरण बढ्दै गए पनि माटोको पालाको माग पनि उस्तै रहेको उनले जानकारी दिए  ।

काठमाडौं, ललितपुर लगायत विभिन्न स्थानबाट तिहारमा पालाको माग हुने र सोही अनुसार पाला बनाउने गरेको उनको भनाइ छ ।

होलसेल मूल्य प्रतिगोटा दुई रुपैयाँ, साढे दुई रुपैयाँ र गुणस्तर अनुसार पालाको मूल्य फरक फरक हुने गरेको उनले जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : १५ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा