सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन « Khabarhub

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

बागमती- हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वाटर हेटौँडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरुद्वारा प्रस्तुत अन्तिम दलेल कवाज प्रदर्शनको निरीक्षण गर्नाका साथै तालिमका उत्कृष्ट नवप्रवेशी सैनिक जवानहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्दै पृतनापति उपरथी पाठकले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो मात्र देश बलियो हुने बताए । “राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक हो”, उपरथी पाठकले भने, “तालिम प्राप्त गरी सेना प्रवेश गर्नुभएका तपाईँहरु सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्नुहोला ।”

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध रहेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाइरहेको चर्चा गर्दै उनले नयाँ पुस्ताले पनि यसलाई अनुशरण गरेर नविनतम सोच, भविष्यमा आउन सक्ने खतराको मूल्याङ्कन गर्ने क्षमताको विकास गर्दै अघि बढ्नुपर्ने बताए ।

त्यस अवसरमा सैन्य आधार तालिममा सहभागी एक सय सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका नवप्रवेशी सैनिक जवानलाई उपरथी पाठकले पुस्कार वितरण गरे ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : २५ बजे

महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भिड

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा

स्वास्थ्य बीमामा डिजिटल फड्को : खर्च विवरण अब मोबाइलमै

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितहरूको सहजता, पारदर्शिता र सूचनामा पहुँच

नाइजेरियामा बस-ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

अबुजा– नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि