हमासले ‘घिसार्दै लगेका’ यी इजरायली सैनिक दुई वर्षपछि सकुशल घर फर्किए « Khabarhub

हमासले ‘घिसार्दै लगेका’ यी इजरायली सैनिक दुई वर्षपछि सकुशल घर फर्किए

सैनिक निमरोड कोहेनकी आमा भन्छिन् – ‘व्यग्र पर्खाइमा छु


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

गाजा- हमासको नियन्त्रणमा दुई वर्षभन्दा बढी समय बिताएपछि चर्चित इजरायली बन्धक निमरोड कोहेन घर फर्किएका छन् ।

द वाल स्ट्रिट जर्नलका अनुसार कोहेन इजरायली सेनाका एक जवान (कर्पोरल) हुन्, जसलाई सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलको किब्बुट्ज निरिम नजिकैको सीमा क्षेत्रबाट लगेको थियो।

त्यसबेला उनी मात्रै १९ वर्षका थिए । जेरुसलेम पोष्टका अनुसार दुई वर्षपछि अरू १९ जना पनि बन्धक पनि मुक्त भएका छन् ।

उनको परिवारका सदस्यहरूले दिएको जानकारीअनुसार कोहेनले उपचार नपाउँदा छालाको रोग, कानको संक्रमण र मानसिक तनाव झेलेका थिए।

उनको मुक्तिअघि सोमबार बिहान हमासले कोहेनलाई परिवारसँग छोटो भिडियो कुराकानी गर्ने अनुमति दिएको थियो।

भिडियोमा उनी अनुहार ढाकेका व्यक्तिहरूसँग एक अज्ञात ठाउँमा देखिएका थिए। यो दृश्य अन्य बन्धकहरूको मुक्तिपूर्व गरिएको भिडियो कलसँग मिल्दोजुल्दो रहेको बताइएको छ।

उनका दाजुले भनेका छन्, ‘वार्तालाप केही सेकेन्ड मात्र चल्यो। तर त्यो क्षणले हामीलाई ठूलो राहत दियो। अब हामी साँच्चै सास फेर्न सक्छौं, किनभने ऊ घर फर्किँदैछ।’

इजरायली सञ्चारमाध्यमका अनुसार कोहेन रेडक्रसको जिम्माबाट इजरायली सेनाकहाँ पुगिसकेका छन् । उनलाई गाजाबाट निकालेर सीमा नजिकको इजरायली सैनिक शिविरमा लगिएको छ । जहाँ प्रारम्भिक स्वास्थ्य परीक्षणपछि परिवारसँग पुनर्मिलन गराइँदैछ।

उनकी आमा भिक्की कोहेनले खुशी व्यक्त गर्दै भनिन्, ‘मेरो बच्चा, तिमी घर फर्किँदैछौ !’ दुई वर्षको संघर्षपछि उनी आफ्नो छोरासँग पुनः भेट हुने पर्खाइमा छिन्।

यससँगै हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू अब मुक्त भइसकेका छन्। नेपालका विपिन जोशीको भने अझै अत्तोपत्तो छैन ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : ३४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका