अस्तव्यस्त एन्फा : वरिष्ठ उपाध्यक्ष खड्कासहितले मागे अध्यक्ष नेम्वाङको राजीनामा « Khabarhub

अस्तव्यस्त एन्फा : वरिष्ठ उपाध्यक्ष खड्कासहितले मागे अध्यक्ष नेम्वाङको राजीनामा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगाएत असन्तुष्ट पक्षले अध्यक्ष पंकज विक्रम नेम्वाङको राजीनामा माग गरेका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धाराशयी हुँदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् । 

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले ए डिभिजन लिगका लागि टिमहरू तयार हुँदा पनि अध्यक्षले लिग सञ्चालनमा उदासीनता देखाएको आरोप लगाए ।

उनले नेतृत्वले फुटबलको विकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरूमा उदासीनता देखाएको, सरोकारवालाहरूको आवाजलाई वेवास्ता गरेको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको बताए ।

दशरथ रंगशालालाई अन्तराष्ट्रिय खेलहरू खेलाउनका आवश्यक मापदण्ड अनुसार योग्य बनाउन एन्फा नेतृत्व असफल भएको उनको भनाइ छ । उनले एन्फाको नेतृत्व एकलौटी ढंगले अघि बढे अर्ली इलेक्सनका लागि दवाव दिने स्पष्ट पारे ।

उनीहरूले एन्फाको साधारणसभाले तय गरेका कार्यक्रमहरूलाई समयमा नै आयोजना गर्न नसकेको, खेलाडीलाई प्रोत्साहनको कामी, अपारदर्शी आर्थिक गतिविधि, अन्तराष्ट्रिय खेल सञ्चालनमा असफलता लगायतका आरोप लगाएका छन् । खड्काले एन्फाभित्र समस्या उत्पन्न हुँदा अध्यक्ष पंकज नेम्वाङ कसैलाई जानकारी नगराइ साउदी अरब पुगेको आरोप समेत लगाए । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ०० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना