अस्तव्यस्त एन्फा : वरिष्ठ उपाध्यक्ष खड्कासहितले मागे अध्यक्ष नेम्वाङको राजीनामा « Khabarhub

अस्तव्यस्त एन्फा : वरिष्ठ उपाध्यक्ष खड्कासहितले मागे अध्यक्ष नेम्वाङको राजीनामा


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगाएत असन्तुष्ट पक्षले अध्यक्ष पंकज विक्रम नेम्वाङको राजीनामा माग गरेका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धाराशयी हुँदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् । 

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले ए डिभिजन लिगका लागि टिमहरू तयार हुँदा पनि अध्यक्षले लिग सञ्चालनमा उदासीनता देखाएको आरोप लगाए ।

उनले नेतृत्वले फुटबलको विकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरूमा उदासीनता देखाएको, सरोकारवालाहरूको आवाजलाई वेवास्ता गरेको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको बताए ।

दशरथ रंगशालालाई अन्तराष्ट्रिय खेलहरू खेलाउनका आवश्यक मापदण्ड अनुसार योग्य बनाउन एन्फा नेतृत्व असफल भएको उनको भनाइ छ । उनले एन्फाको नेतृत्व एकलौटी ढंगले अघि बढे अर्ली इलेक्सनका लागि दवाव दिने स्पष्ट पारे ।

उनीहरूले एन्फाको साधारणसभाले तय गरेका कार्यक्रमहरूलाई समयमा नै आयोजना गर्न नसकेको, खेलाडीलाई प्रोत्साहनको कामी, अपारदर्शी आर्थिक गतिविधि, अन्तराष्ट्रिय खेल सञ्चालनमा असफलता लगायतका आरोप लगाएका छन् । खड्काले एन्फाभित्र समस्या उत्पन्न हुँदा अध्यक्ष पंकज नेम्वाङ कसैलाई जानकारी नगराइ साउदी अरब पुगेको आरोप समेत लगाए । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ०० बजे

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,