तामझामसहित विमानस्थलमा उत्रिएका दुर्गा प्रसाईंले भने : सिंहदरबार जलाए अब, देश टुक्राउँदैछन् « Khabarhub

तामझामसहित विमानस्थलमा उत्रिएका दुर्गा प्रसाईंले भने : सिंहदरबार जलाए अब, देश टुक्राउँदैछन्


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र,राष्ट्रियता, धर्म, सांस्कृतिक, नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाईं तामाझामसहित त्रिभुवन विमानस्थलमा उत्रिएका छन् ।

उनलाई स्वागतका लागि दर्जनौँ कार्यकर्ता राष्ट्रिय झण्डासहित विमानस्थलमा पुगेका थिए । उनले त्यहाँ समसामयिक राजनीतिक विषयमा भन्दै पत्रकार सम्मेलन नै गरे ।

जहाँ उनले नेत्ररोग विशेषज्ञ सन्दुक रुइतसहितमाथि गम्भीर आरोप लगाए । उनले देश टुक्रिन लागेको भन्दै जेन-जीका नाममा अराजकता मच्चाइएको बताए ।

मधेशमा डा. सीके राउत र सुदूरपश्चिममा अर्को समूहले देश टुक्राउने बल गरिरहेको बताए । उनले जेन-जीका नाममा देश टुक्राउनेहरूले सिंहदरबारदेखि कयौँ स्थानमा आगो लगाएको बताए ।

नेताको घरमा आगो लगाउनु एक ठाउँमा भए पनि सरकारी संरचना जलाउनु आपराधिक कार्य भएको बताए ।

डा. गोविन्द केसीलाई अनशनमा राख्न थालिएदेखि शिक्षा र स्वास्थ्य ध्वस्त पारिएको बताएका छन् ।

उनले कयौँ नेपाली सञ्चारमाध्यमको नाम लिँदै सिंहदरबार जलाएपछि अब देश टुक्राउने अभियान थालिएको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : १९ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा