सैन्य आधार तालिमको दीक्षान्त « Khabarhub

सैन्य आधार तालिमको दीक्षान्त


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

चितवन– श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सिसं ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सोमबार सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी डा. कमल बानियाको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

सो अवसरमा कोशी प्रदेशका ४१, गण्डकी प्रदेशका तीन, कर्णाली प्रदेशका ३१ र सुदूरपश्चिम प्रदेशका २९ गरी १०४ जना सहभागी रहेका थिए । उनीहरुले नौ महिनाको कठोर तालिमपश्चात आज एक समारोहबीच शपथ लिएका हुन् । सो अवसरमा राष्ट्रको मेरुदण्ड सेना भएको भन्दै सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित तथा कर्तव्यनिष्ठ सिपाही भएको वाहिनीपति बानियाँले बताए । 

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म भएको उनले बताए।

गणका गणपति प्रमुख सेनानी दिनेश लामाले कठोर मेहनतका साथ तालिम प्राप्त सिपाहीहरूले नेपालभर छरिएर रहेका विभिन्न युनिटमा नियुक्त भई देश र जनताप्रति समर्पित रही सेवा गर्ने अठोटका साथ परिचालन हुने जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : १४ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा