इजरायली संसद्‍‍भित्रै ट्रम्प र नेतन्याहूको विरोध, सांसदले लगाए नारा- स्वतन्त्र प्यालेस्टाइनलाई मान्यता दिनू « Khabarhub

इजरायली संसद्‍‍भित्रै ट्रम्प र नेतन्याहूको विरोध, सांसदले लगाए नारा- स्वतन्त्र प्यालेस्टाइनलाई मान्यता दिनू


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली संसद्‍मै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधको सामना गर्नुपरेको छ। त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बोलिसकेपछि रोस्ट्रममा पुगेका ट्रम्पले सम्बोधन थाल्नेबित्तिकै विरोधको सामना गर्नुपरेको हो।

गाजामा दुई वर्षसम्म चलेको नरसंहारसिहतको युद्धलाई उल्लेख गर्दै ट्रम्पले यो क्षेत्र अहिले शान्त रहेको जिकिर गरे । उनले यहाँ सधैँ शान्ति कायम हुने बताए ।

तर ट्रम्पको सम्बोधनका क्रममा इजरायली संसद्मा केही तनाव भयो । त्यहीकारण ट्रम्पले केही समयलाई सम्बोधन नै रोक्न बाध्य भए ।

ट्रम्पको केनेस्सेट (इजरायली संसद) मा गरिएको भाषण विरोधका कारण केही समयका लागि रोक्नु पर्‍यो । ट्रम्पको भाषण नै रोकेर प्यालेस्टाइनको पक्षमा आवाज उठाउने व्यक्ति सांसद ऐमन ओदेह रहेको खुलेको छ ।

भाषणअघि नै ओदेहले आफ्नो एक्स ह्यान्डलमा लेखेका थिए, ‘संसद्को प्लेनरीमा देखिएको कपटको स्तर असह्य छ। नेतन्याहूलाई प्रशंसा र चाकरीमार्फत् राजा बनाउने प्रयासले गाजामा भएका मानवताविरुद्धका अपराधहरू र सयौँ हजार प्यालेस्टिनी र हजारौं इजरायलीको रगतको जिम्मेवारीबाट उनलाई र उनको सरकारलाई मुक्त गर्न सक्दैन।’

उनले अझै विरोध जनाउँदै लेखेका थिए । ‘तर युद्धविराम र समग्र सम्झौताका कारण मात्र म यहाँ उपस्थित छु। कब्जा अन्त्य गरेर र इजरायलसँगै प्यालेस्टिनी राज्यलाई मान्यता दिएर मात्रै सबैका लागि न्याय, शान्ति र सुरक्षाको मार्ग खुल्नेछ।’

भाषणका क्रममा ट्रम्पलाई केहीबेर रोक्ने गरी उनले विरोध जनाएका थिए । तर सुरक्षा अधिकारीहरूले ट्रम्पलाई अवरोध गर्ने उनीसहितका केही व्यक्तिलाई सुरक्षाकर्मीले संसद् भवनबाट बाहिर निकालेका थिए । सुरक्षाकर्मीले उनीहरूले बोकेका ब्यानर पनि खोसेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : १२ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका