सरकारले भन्यो- विपिन जोशीको अवस्थाबारे कुनै जानकारी भेटिएन « Khabarhub

सरकारले भन्यो- विपिन जोशीको अवस्थाबारे कुनै जानकारी भेटिएन


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाजास्थित हमास विद्रोहीले कब्जामा लिएका २० जना बन्दी छुट्दा नेपाली विद्यार्थी विपिन जोशी परेनन् ।

हमासले सोमबार पहिलो लटमा ७ र दोस्रो चरणमा १३ जना बन्दीलाई रिहा गर्दा विपिनको नाम थिएन ।

त्यसलाई लिएर विभिन्न सञ्चारमाध्यले एकजना इजरायली सैन्य अधिकारीलाई उद्धृत गर्दै विपिनको मृत्यु भइसकेको समाचार नै प्रकाशित गरे ।

तर सोमबार साँझ परराष्ट्र मन्त्रालयले विपिनको अवस्थाबारे कुनै जानकारी मिल्न नसकेको स्पष्टी करण दिएको छ।

इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ देखि जारी द्वन्द अन्त्य गर्न प्रस्तावित ‘मिडल ईस्ट पिस प्लान’ अन्तर्गत पहिलो चरणको बन्दी आदान–प्रदान भए पनि विपिनको नाम मुक्त हुने सूचीमा नरहेको पुष्टि मन्त्रालयले गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलको स्थानीय समय अनुसार बिहान ७:३० बजे इजरायली सेना (आईडीएफ) ले नेपाली राजदूत धनप्रसाद पण्डित, विपिनका दाजु किशोर जोशी, आमा, बहिनी पुष्पा जोशी, इजरायली विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सहभागी भर्चुअल बैठक आयोजना गरेको थियो।

उक्त बैठकमा सोमबार रिहा हुने बन्दीहरूको सूचीमा विपिन जोशीको नाम नपरेको जानकारी दिइएको थियो। मन्त्रालयले त्यस बैठकमा इजरायली अधिकारीहरूले उनको अवस्थाबारे अझै कुनै जानकारी प्राप्त नभएको जानकारी दिएको जनाएको छ । तर विपिनको मृत्यु भइसकेको भनेर बिहान आएका समाचारलाई परराष्ट्रले पुष्टि गर्न इन्कार गरेको छ।

सन् २०२३ मा इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन र कार्यरत रहँदा जोशी हमासको आक्रमणपछि बेपत्ता भएका थिए।

त्यसयता उनको मुक्तिका लागि नेपाल सरकारले विभिन्न तहमा इजरायल, कतार, इजिप्ट लगायतका देशमार्फत् निरन्तर कूटनीतिक पहल गर्दै आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भनेको छ, ‘हमासको कब्जामा रहेका सबै जीवित बन्दीहरूको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म नेपाल सरकारले यो विषयमा जानकारी अद्यावधिक गर्दै जानेछ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : २४ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई