विपिनको मृत्यु भएको पुष्टि : पहिलो चरणमा उनीसहित चारजनाको शव हस्तान्तरण गरिँदै « Khabarhub

विपिनको मृत्यु भएको पुष्टि : पहिलो चरणमा उनीसहित चारजनाको शव हस्तान्तरण गरिँदै


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- अन्तत: नेपाली युवक विपिन जोशीको गाजास्थित हमास समूहको कब्जामै रहँदा ज्यान गएको पुष्टि भएको छ।

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिनसहित चारजनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका छन् ।

हमासले सोमबार साँझ चारजना मृत बन्धकका शवहरू फिर्ता गर्न लागेको खबर आईडीएफका प्रवक्ता डेफ्रिनलाई उद्धत गर्दै प्रकाशित गरेको छ ।

हमासले ती चार जना बन्धकको नाम सार्वजनिक गरेको सूचीमा विपिन पनि छन् । उनीसँगै गाइ इलौज, योस्सी शराबी र ड्यानियल पेरेट्जको शव हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गर्न लागेको छ ।

इजरायली सेनाले गाइ इलौजको मृत्युबारे उनको परिवारलाई पहिलोपटक सन् २०२३ अक्टोबर ७ को घटनाबाट ५६ दिनपछि जानकारी दिएको थियो।

सेनाको अनुसन्धान अनुसार, योस्सी शराबीलाई राखिएको भवनमा इजरायली सेनाले गरेकै आक्रमणमा मृत्यु भएको थियो ।

उनी बन्धकको रूपमा राखिएकाै अवस्थामा इजरायली वायुसेनाको आक्रमणपछि भत्किएको भवनमा पुरिएका थिए । विपिनको मृत्युको कारण भने खुलेको छैन ।

चारजना बन्धकमध्ये विपिन जोशीको अवस्था मात्रै आजसम्म अनिश्चित रहेको थियो।

प्रवक्ता एफी डेफ्रिनले बाँकी २४ जना मृत बन्धकबारे, तिनीहरूको फिर्ता हुने समय, अवस्थाको विवरण वा इजरायलले अझ कति बन्धक भेटिने अपेक्षा गरेको भन्ने जानकारी दिएका छैनन्।

यसैबीच, हमास र इजरायलबीचको युद्धविराम तथा बन्दी–कैदी सटासटी सम्झौता अन्तर्गत गाजाबाट रेडक्रसको गाडीले बन्धकहरू ल्याउँदै गर्दा सयौं प्यालेस्टिनीहरू दक्षिणी गाजामा सडकमा जम्मा भएका थिए।

हमासले हालैका दिनमा गाजामा इजरायलको आक्रमणपछि भएको व्यापक विनाशका कारण सबै मृत बन्धकको शव भेटाउन सम्भव नहुने जनाइसकेको छ।

यदि कुनै बन्धकलाई भवन नजिकै गाडिएको वरिपरिका घरहरू पनि ध्वस्त भएमा त्यस्तो स्थान फेला पार्न धेरै समय र प्रयास लाग्ने बताइएको छ।

तर, आइतबार रातिको ब्रिफिङमा इजरायली स्रोतहरूले पहिलो दिन नै यति कम संख्यामा शवहरू फिर्ता आउनेछ भन्ने संकेत दिएका थिएनन्। धेरैले पहिलो दिनमा नै उल्लेखनीय संख्यामा शवहरू फिर्ता हुने अपेक्षा गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ४० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले