कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट « Khabarhub

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

ओमान – आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १० ओभरमा तीन विकेट गुमाएर ६० रन बनाएको छ ।

अहिले कप्तान रोहित पौडेल २७ र उपकप्तान दिपेन्द्र सिंह ऐरी ९ रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालका दुवै ओपनरहरु सस्तैमा आउट भएका थिए । कुशल भुर्तेल ६ रन बनाएर आउट हुँदा आरिफ शेखले ११ रन बनाए । कुशल मल्लले आजको खेलमा पनि सम्झन लायक ब्याटिङ गरेनन् । १० बल खेलेका मल्लले एक चौकासहित आठ रन बनाए ।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेल जित्दै विश्वकपको सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : ४१ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित