कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट « Khabarhub

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

ओमान – आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १० ओभरमा तीन विकेट गुमाएर ६० रन बनाएको छ ।

अहिले कप्तान रोहित पौडेल २७ र उपकप्तान दिपेन्द्र सिंह ऐरी ९ रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालका दुवै ओपनरहरु सस्तैमा आउट भएका थिए । कुशल भुर्तेल ६ रन बनाएर आउट हुँदा आरिफ शेखले ११ रन बनाए । कुशल मल्लले आजको खेलमा पनि सम्झन लायक ब्याटिङ गरेनन् । १० बल खेलेका मल्लले एक चौकासहित आठ रन बनाए ।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेल जित्दै विश्वकपको सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : ४१ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी