कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक « Khabarhub

कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ओमान – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कतारविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् । उनले ३५ बलमा नै अर्धशतक पूरा गरेका हुन् ।

आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १४ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १०५ रन बनाएको छ । अहिले क्रिजमा कप्तान रोहितलाई उपकप्तान दीपेन्द्र सिंह ऐरिले साथ दिइरहेका छन् । २० बलको सामना गरेका ऐरीले २५ रन बनाएका छन् ।

यसअघि नेपालका दुवै ओपनरहरु सस्तैमा आउट भएका थिए । कुशल भुर्तेल ६ रन बनाएर आउट हुँदा आरिफ शेखले ११ रन बनाए । कुशल मल्लले आजको खेलमा पनि सम्झन लायक ब्याटिङ गरेनन् । १० बल खेलेका मल्लले एक चौकासहित आठ रन बनाए ।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेल जित्दै विश्वकपको सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : ५५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर