कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक « Khabarhub

कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ओमान – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कतारविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् । उनले ३५ बलमा नै अर्धशतक पूरा गरेका हुन् ।

आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १४ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १०५ रन बनाएको छ । अहिले क्रिजमा कप्तान रोहितलाई उपकप्तान दीपेन्द्र सिंह ऐरिले साथ दिइरहेका छन् । २० बलको सामना गरेका ऐरीले २५ रन बनाएका छन् ।

यसअघि नेपालका दुवै ओपनरहरु सस्तैमा आउट भएका थिए । कुशल भुर्तेल ६ रन बनाएर आउट हुँदा आरिफ शेखले ११ रन बनाए । कुशल मल्लले आजको खेलमा पनि सम्झन लायक ब्याटिङ गरेनन् । १० बल खेलेका मल्लले एक चौकासहित आठ रन बनाए ।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेल जित्दै विश्वकपको सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै