बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ १४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : २३ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको