उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी « Khabarhub

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।

उनले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएकाले तिनलाई नै प्राथमिकतामा राखेर कोरियाले साझेदारको भूमिका निर्वाह गरेको बताए ।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा नेपालमा रहेका कोरियाली नागरिकको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : २७ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना