स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित) « Khabarhub

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनीको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

नेपाल स्काउटले कात्तिक २० गते एक सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनीलाई ७ दिनभित्र बाँकी बक्यौता तिर्न चेतावनी दिएको थियो ।

उक्त कम्पनीले बक्यौता तिर्न पुनः आलटाल गरेपछि युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा महानगरले संरचनामा डोजर चलाएको हो ।

उक्त जग्गा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटको स्वामित्वमा पर्छ । खड्काले नेपाल स्काउटको जग्गा प्रयोग गरेबापत ३ करोड ५० लाख रुपैयाँ बढी बक्यौता तिरेका छैनन् ।

२०६५ सालमा लैनचौरस्थित ३ रोपनी जग्गा प्रयोजनका लागि नेपाल स्काउट र कम्पनीबीच १० वर्षे लिज सम्झौता भएको थियो । जसको अवधि २०७५ सालमै सकिएको थियो ।

सम्झौतासम्बन्धी विवादपछि कम्पनी अदालत गएको थियो । तर २०७९ असार १३ गते उच्च अदालत पाटनले कम्पनीको दाबी खारेज गर्दै स्काउटको पक्षमा फैसला गर्‍याे । त्यसपछि स्काउटले उक्त जग्गामा रहेको संरचना २०७२ कात्तिक २८ गते सार्वजनिक सूचना जारी गरी सिलबन्दी गरेको थियो ।

स्काउटले कार्तिक २० गते जारी गरिएको सूचनामा भाडा नतिरेकाले संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : २५ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक