एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने « Khabarhub

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि प्रसारण हुने भएको छ। पहिलो सिजनको प्रत्यक्ष प्रसारण स्टार स्पोट्समार्फत् गराएको नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो सिजन स्टारसँगै नेपाली च्यानलबाट पनि प्रसारण गर्ने भएको हो।

क्यानले एनपीएल दोस्रो सिजन सुरु हुनुभन्दा चार दिन अगाडि ठेक्का संशोधन गरेको हो। बिहीबार ठेक्का संशोधनको सूचना सार्वजनिक गर्दै क्यानले नेपाली च्यानललाई ठेक्कामा भाग लिन सक्ने गरी सूचना निकालेको हो। क्यानको यो संशोधन प्रस्तावसँगै नेपाली च्यानलले एनपीएलका सबै खेल प्रसारण गर्ने बाटो खुलेको हो।

क्यानले ठेक्काको न्यूनतम बिड मूल्य एक करोड रुपैयाँ तोकेको छ। ठेक्काको सूचना अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म इच्छुक संस्थाले ठेक्काको डकुमेन्ट किन्नसक्ने छन् भने प्रस्ताव शनिबार १२ बजेसम्म बुझाउनुपर्ने छ। क्यानले शनिबार दिउँसो १ बजे ठेक्का प्रस्ताव खुला गर्ने जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : ०२ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको