एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने « Khabarhub

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि प्रसारण हुने भएको छ। पहिलो सिजनको प्रत्यक्ष प्रसारण स्टार स्पोट्समार्फत् गराएको नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो सिजन स्टारसँगै नेपाली च्यानलबाट पनि प्रसारण गर्ने भएको हो।

क्यानले एनपीएल दोस्रो सिजन सुरु हुनुभन्दा चार दिन अगाडि ठेक्का संशोधन गरेको हो। बिहीबार ठेक्का संशोधनको सूचना सार्वजनिक गर्दै क्यानले नेपाली च्यानललाई ठेक्कामा भाग लिन सक्ने गरी सूचना निकालेको हो। क्यानको यो संशोधन प्रस्तावसँगै नेपाली च्यानलले एनपीएलका सबै खेल प्रसारण गर्ने बाटो खुलेको हो।

क्यानले ठेक्काको न्यूनतम बिड मूल्य एक करोड रुपैयाँ तोकेको छ। ठेक्काको सूचना अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म इच्छुक संस्थाले ठेक्काको डकुमेन्ट किन्नसक्ने छन् भने प्रस्ताव शनिबार १२ बजेसम्म बुझाउनुपर्ने छ। क्यानले शनिबार दिउँसो १ बजे ठेक्का प्रस्ताव खुला गर्ने जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : ०२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी