जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण | Khabarhub Khabarhub

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि निःशुल्क रुपमा बिरुवा वितरण गरेको छ ।

केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रुपमा जडीबुटी खेती गर्न चाहने सर्वसाधारण कृषक, सङ्घ, संस्थालाई औषधीजन्य प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरेको हो ।

केन्द्रले कुरिलो, सर्पगन्धा, शीतल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, गुर्जो, इमिली, सतिसाल, अर्जुनलगायतका प्रजाति उत्पादन गरी वितरण गर्दै आएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए ।

केन्द्रले २०७८–०७९ मा एक लाख, ०७९–८० मा एक लाख ३० हजार, ०८०–०८१ मा ५२ हजार र ०८१–०८२ मा ५३ हजार औषधीजन्य बिरुवा सुदूरपश्चिमभर वितरण गरेको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्राकृतिक वातावरणमा जडीबुटी पाउने स्थानको पहिचान गरी उक्त क्षेत्रमा समूह, सहकारी तथा इच्छुक व्यक्तिलाई जडीबुटी खेतीको दिगो व्यवस्थापनका लागि तालिम, दिगो सङ्कलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र प्राविधिक सल्लाह दिँदै आएको वनस्पति कार्यालयले जनाएको छ ।

केन्द्रले जडीबुटी खेती विस्तारका लागि यहाँका समूह, सहकारीमा आबद्ध किसानलाई अनुदानसमेत दिँदै आएको छ । पछिल्लो केही वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट रिठ्ठा, तेजपात, काउलो, पाषाणभेद, अमला, झ्याउ, सुनाखरी, चुत्रो, सतुवा, कुटकी, सगन्धवाल, चिराइतो, सतावरी, सेतक चिनी, टिम्मुर, यार्सागुम्बा, जटामसी, बोझो स्वदेशी तथा विदेशी बजारमा गएको पाइएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाइने ५०२ प्रजातिका औषधीय गुण भएका वनस्पति प्रजातिहरूको अभिलेख तयार भएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले जानकारी दिए । (रासस) 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : २१ बजे

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी– रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

इलामबाट उद्धार गरिएको कालो चितुवा चिडियाखानामा (तस्बिरहरू)

काठमाडौं– जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो

वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा भाइरसको परीक्षण

काठमाडौं– वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?

काठमाडौं- जेन-जी अभियन्ता सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन्। बिहीबार

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

त्रिवेणी– धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट