कागती खेतीबाट मनग्य आम्दानी « Khabarhub

कागती खेतीबाट मनग्य आम्दानी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने कास्कीका एक कृषक उदाहरण बनेका छन् । पोखरा महानगरपालिका– ३१ खनास्वाराका टुकाराम लामिछाने कागती खेतीबाट तीन महिनामा झण्डै नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् ।

एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० सोना जातका कागतीका बिरुवाले चार वर्षको अवधिदेखि निरन्तर उत्पादन दिन थालेको र यस वर्षको भदौ, असोज र कात्तिकमा मात्र कागती बिक्रीबाट नौ लाख आम्दानी गरेको कृषक लामिछानेले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र स्याङ्जाबाट उपलब्ध गराइएका २०० ठूलो कागती (लेमन)का बिरुवाले राम्रो उत्पादन दिए पनि बजारमा बिक्री नभएपछि सबै बोट हटाएर सो स्थानमा सोना जातका बिरुवा रोपेको बताउँदै उनले भने, ‘उत्पादन भएको कागती बिक्री हुँदैन कि भन्नु पर्दैन, यतिखेर बजारमा कागती प्रतिकिलो २०० देखि २५० का दरले बिक्री हुने गरेको छ ।’

उमेरले ६५ काटेका कृषक लामिछानेले परम्परागत खेती प्रणाली अपनाउँदा बाँदर र अन्य जङ्गली जनावरले नष्ट गर्न थालेपछि विकल्पका रुपमा सुरु गरेको व्यावसायिक कागतीखेती पछिल्लो समय मुख्य आम्दानीको श्रोत बनेको बताए ।

बेगनासतालको जलाधार क्षेत्रमा पर्ने सो स्थानमा लिप्टिङ प्रविधिमार्फत सिँचाइको राम्रो प्रबन्ध मिलाइएका कारण कागतीका बोटमा बाह्रै महिना फल लाग्ने गरेको बताउँदै उनले वार्षिकरुपमा १५ लाखभन्दा बढी आम्दानी हुने गरेको जानकारी दिए ।

कागतीको एउटै बोटमा वर्षमा एक क्वीन्टलसम्म फल्ने गरेकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘यो तीन महिनाको अवधिमा दैनिक ४० देखि ५० किलो उत्पादन भएको थियो, कागतीको बोटमा कुनै पनि विषादि प्रयोग गर्नुपरेको छैन, बजारमा अर्गानिक उत्पादनको महत्व बढेको छ ।’

पछिल्लो समय तातोपानी, चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरु गरेको दाबी गर्ने लामिछानेले भने, ‘राज्यतर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।’

कागती अन्तरबालीका रुपमा तरुल, अकबरे खुर्सानी, टिमुर, अमला, ओल, एभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, मेकानियानट जस्ता विभिन्न जातका फलफूलका बोटबिरुवा फष्टाएका छन् । परिक्षणका लागि लगाएको एउटा स्याउको बोटमा ५०–६० वटा फल लागेको भए पनि सबै बाँदरले खाएको उनले बताए ।

कागतीको बोटबाट टिपेको फल बजारमा बिक्री गर्ने र पाकेर झरेका फल सङ्कलन गरेर पेलेर अमिलो उत्पादन गरेर बिक्री गरेर थप आम्दानी गर्दै आएको जनाउँदै उनले गतसाल ४८ माना अमिलो बिक्रीबाट ७२ हजार आम्दानी गरेको उनले बताए । उनले पकाएको अमिलो प्रतिमाना एक हजार ५०० र काचो रस प्रतिमाना ५०० का दरले बिक्री गर्दै आएका छन् ।

साथै उनले अमिलो बनाएर निस्केको कागतीको छोक्रा, वनमारा, असुरो, भेली लगायतका विभिन्न बनस्पति सङ्कलन गरेर दुई हजार लिटरको हिल ट्याङ्कीमा जैविक मल उत्पादन गरेका छन् । उत्पादिन मल पाइपमार्पmत प्रत्येक बोटमा राख्ने व्यवस्थासमेत मिलाइएको उनको भनाइ छ ।

मुलुकमा वन क्षेत्रको विस्तारसँगै बाँदर र जङ्गली जनावरको आतङ्कले धेरै किसान खेतीबारी छाड्न बाध्य भएको वर्तमान अवस्थामा लामिछानेको कागतीखेतीले नयाँ सम्भावना र प्रेरणा दिएको पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । (रासस)

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ११ : ५० बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा