‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’ « Khabarhub

‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ।

गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपी पदको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। दर्ज्यानी चिन्ह लगाइसकेपछि कार्कीले मन्त्रालयमै आयोजित कार्यक्रममा लामो सम्बोधन गर्दै नेपाल प्रहरीलाई सुदृढ र पेशागत बनाउने प्रतिबद्धता जनाए।

आईजीपी कार्कीले भने, ‘नेपाल प्रहरीमा पारदर्शिता र जवाफदेहिता ग्रहण गर्छु। नागरिक सुरक्षामा प्रतिबद्ध भएर लाग्छु। सदैव साथ मिलिरहने विश्वास लिएको छु।’

उनले देशको अवस्था असाधारण भएकाले सुशासन कायम गर्ने र निकट भविष्यमा निर्वाचन सम्पन्न गराउने अभिभारा प्रहरीको ठूलो जिम्मेवारी हो।

उनले थपे, ‘विभिन्न आयामका सुरक्षा चुनौती छन्। प्रहरीको मनोबल उठाउनुपर्ने असाधारण जिम्मेवारी छ। असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई अवसरका रूपमा लिएर संगठनको मनोबल बढाउँछु।’

उनले वीरगति प्राप्त गरेका प्रहरी सम्झिँदै उनीहरूको बलिदानको सम्मान गरेर अघि बढ्ने बताए । त्यसक्रममा उनी केहीबेर भक्कानिन पुगे ।

कार्कीले संगठनमा सामूहिक नेतृत्वको अभ्यास गर्ने बताए। उनले भने, ‘जेन-जी आन्दोलनको प्रतिकूल अवस्थामासमेत प्रहरी सुरक्षामा खटिएका छन्। प्रहरी कार्यालय र सेवा पुनर्वहाली गर्न छोटो समयमा काम भएका छन्। यो साहस र सकारात्मकता नै नेपाल प्रहरीको बलियो आधार हो।’

उनले आन्तरिक र अन्तर्राष्ट्रिय सुरक्षा चासो बहुआयामिक रहेको उल्लेख गर्दै नेपालको भू-राजनीतिक जटिलता प्रहरीले बुझ्नुपर्ने बताए। साइबर, आर्थिक र वित्तीय अपराध, लागुऔषध, आत्महत्या र सडक दुर्घटनालाई उनले चिन्ताजनक अवस्था भएको बताए।

कार्कीले भने, ‘हाइटेक क्राइमको अनुसन्धानलाई अझै व्यापक बनाउनुपर्नेछ। अनुसन्धानमा नवप्रवर्तन र आधुनिक विधि प्रयोग गर्नुपर्छ। कुनै पनि देशको प्रहरी सेवाको गुणस्तर त्यस देशको लोकतन्त्रको मापक पनि हो।’

उनले प्रहरीका भौतिक संरचना पुनर्स्थापना, हतियार र प्रविधिको सुसज्जन, र मनोबल वृद्धिलाई अत्यावश्यक बताए। ’प्रहरीमा आन्तरिक शुद्धिकरण गरेर व्यवसायिक बनाउनु आवश्यक छ। प्रहरीलाई साधन र स्रोतयुक्त बनाउनु अहिलेको आवश्यकता हो,’ आईजीपी कार्कीले भने।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ०३ बजे

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च