नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति « Khabarhub

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरको धानमा क्षति पुगेको छ । 

कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब एक करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको छ । 

नवलपुरमा हालैको वर्षाका कारण १९० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान बालीमा क्षति पुगेको कृषि अर्थ विज्ञ ढकालले बताए । त्यसबाट ५२१ मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए । 

नवलपुरमा यो वर्ष करिब १८ हजार ३०० सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताए । 

अहिले धान भित्र्याउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्र्याएका छन् । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । 

जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताए । 

धानको उचित मूल्य नपाएको किसानको गुनासो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानखेती गरेका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्य आफूहरूले नपाएको गुनासो गरेका छन् । 

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ४६३ रुपैयाँ र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ कायम गरेको छ । तर किसानहरूले उक्त मूल्य प्राप्त नगरेको गुनासो गरेका छन् । 

कावासोतीका इन्द्रलाल महतोले धानको मूल्य कम पाएको गुनासो गरे । उनले सरकाले भनेकोभन्दा कम मूल्यमा धान बेच्नुपरेको गुनासो गरे । जिल्लाका विभिन्न स्थानबाट किसानहरूले  सरकारले तोकेको धानको  समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपरेको गुनासो आफूहरूलाई गरेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । 

नवलपुरमा व्यापारीहरूले धान प्रति क्विन्टल दुई हजार ८०० देखि तीन हजार १०० रुपैयाँ भन्दा बढी मूल्य नदिएको कृषकबाट गुनासो आएको कार्यालय प्रमुख तिवारीले बताए । 

उनले व्यापारीहरूलाई तोकिएकै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न अनुरोध गरे । रासस
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : १३ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको