प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक « Khabarhub

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक गरिएका छन् ।

निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका नायक प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु फिचर्ड छन् । अर्को पोस्टरमा नायक दयाहाङ राई र बाल कलाकार शाइसा गौचन फिचर्ड छन् ।

पोस्टरले प्रकाश सपुत सरकारी स्कुलको विद्यार्थी ड्रेस आकासे निलो रङको सर्ट र गाढा निलो रङको पाइन्ट लगाएका छन् । सिर्जनाले शिक्षिकाको पोसाक गुलाबी सारी र ढाकाको ब्लाउज लगाएकी छिन् ।

स्कुललाई पृष्ठभूमिमा पारेर उभिएका उनीहरु दुवै हँसिलो मुद्रामा छन् । उनीहरुको सम्बन्ध शिक्षिका-विद्यार्थीको मात्रै हो कि प्रेमी–प्रेमिकाको हो ? निर्माण पक्षले प्रष्ट पारेको छैन । यो पोस्टरले दर्शकलाई कौतुहलतामा पार्ने देखिन्छ ।

अर्को पोस्टरमा क्षितिजको घामलाई पृष्ठभूमि पारेर दयाहाङ र शाइसालाई प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा शाइसा दयाहाङको छोरीको भूमिकामा रहेको जस्तो देखिन्छ । तथापि, निर्माण पक्षले उनीहरुको भूमिकाबारे खुलाएको छैन ।

यम शेर्पाको निर्देशनमा रहने यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम जारी छ । यसको लेखक पनि शेर्पा नै हुन् । उनको लेखन र निर्देशन रहेको यो दोस्रो फिल्म हो । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’बाट उनले निर्देशनमा डेब्यू गरेका थिए । जुन फिल्मको नायक दयाहाङ र नायिका सिर्जना नै हुन् ।

प्रकाशले दयाहाङसँग पहिलो पटक यी फिल्मबाट सहकार्य गरेका हुन् ।

यार्शा फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ४९ बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको