जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान « Khabarhub

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न आह्वान गरेको छ । 

गृह मन्त्रालयले यही कात्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य यथाशीघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाउन परिपत्र भइसकेकाले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ अनुसार यो कार्य समयमै सम्पन्न गर्न जिल्ला स्थित अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालय प्रमुखहरूबाट आवश्यक सहयोग र समन्वय गर्नुहुन आव्हान गर्दछौँ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सरकारले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ । जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार घाइतेहरूको वर्गीकरण कार्य सहज बनाउने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ८ सदस्सीय जिल्लास्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिएको हो ।  

समितिले घाइतेहरूको वर्गीकरण गर्नेछ भने थप आवश्यक सहयोग जिल्ला अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक र स्वास्थ्य कार्यालय प्रमुखबाट लिनेछ । २५ कात्तिकमा गृह मन्त्रालयले घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिसकेको छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना