पाल्पाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद | Khabarhub Khabarhub

पाल्पाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तानसेन– यहाँका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ३३ हजार ६०० बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्ला रम्भागाउँपालिका र बगनासका लीगाउँपालिकाअन्तर्गत विभिन्न वडामा जिल्ला प्रहरी कार्यालयमा तह कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। 

उनका अनुसार ५१ हजार ४५० बराबरको ३४३ पिस लेडिज सल, २४ हजार ६०० बराबरको ४१ पिसलेडिज कुर्था सुरुवाल, १८ हजार ८०० बराबरको बच्चा कपडा सेट र ३८ हजार ७५० बराबरको विज्ली लेखेको–सुर्ती प्याकेट बरामद गरिएको छ । बिलभौचर नभएकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

पाल्पामा यसरी अवैध रूपमा सामान ओसारपसार गर्ने क्रम बढ्दो छ । जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ । भन्सार छली गरी अवैधरूपमा ठूलो मात्रामा सामान भित्रिने गर्दा राज्यलाई दिनहुँ ठूलो मात्रामा राजश्व नोक्सानी पर्न गएको छ । 

जबकि सम्बन्धित निकायमौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । विगतमा सीमा आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर पाल्पा, गुल्मी, रूपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको छ ।
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ५९ बजे

जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति

एजेन्सी– टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी जारी गर्न प्रेरित गरे सँगै

गृहको प्रतिवेदन भन्छ : लुटिएका ७१८ थान हतियार फिर्ता, जेन-जीका नाममा तोडफोड र आगजनी गर्ने ४२९ पक्राउ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति सुरक्षा अवस्था र आगामी

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

ढाका– बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको

पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावली दर्ता

राजनैतिक संक्रमणकाबीच नेपालको आर्थिक वृद्धिदर सुस्त हुने : विश्व बैंक

काठमाडौं– गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात् छाएको राजनैतिक अस्थिरताको प्रभावलाई