लोमस फर्मास्युटिकल्सको सेटोफेन बिक्री वितरणमा रोक, बजारबाट फिर्ता लैजान विभागको आग्रह  « Khabarhub

लोमस फर्मास्युटिकल्सको सेटोफेन बिक्री वितरणमा रोक, बजारबाट फिर्ता लैजान विभागको आग्रह 


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोमस फर्मास्युटिकल्स प्रा.लि काठमाडौंले उत्पादन गरेको सेटोफेन औषधि बजारबाट तत्काल फिर्ता लैजान औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।

विभागले एक सूचना जारी गर्दै लोमसले उत्पादन गरेको सीटी–११२३ ब्याच नम्बर को सेटोफेन (पारासिटामोल ट्याबलेट बीपी) न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो । 

बजार अनुगमनको क्रममा उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारमा फिर्ता लैजान विभागद्वारा जारी सूचनामा भनिएको छ । 

साथै उक्त औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ०७ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान