गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’ : रुबियो « Khabarhub

गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’ : रुबियो


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ह्यामिल्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बल सम्बन्धी प्रस्तावबारे आशावाद व्यक्त गरेका छन् । उनका अनुसार उक्त प्रस्तावलाई छिट्टै अन्तिम रूप दिने प्रयासहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेका छन् ।

यो कार्यान्वयन हुने दिशामा अघि बढिरहेको छ भन्नेमा हामी आशावादी छौँ”, रुबियोले क्यानाडामा सम्पन्न जी–७ विदेशमन्त्रीहरूको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “हामीले प्रस्तावको भाषामा उल्लेखनीय प्रगति गरिरहेका छौँ र आशा छ कि यसमा शीघ्र सहमति जुटाएर कार्यान्वयनको चरणमा पुग्नेछौँ ।”

विदेशमन्त्री रुबियोका अनुसार संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूसँग मिलेर ‘तिनीहरूको चासोलाई सन्तुलनमा राख्ने र सुरक्षा बलको संरचना कसरी हुने भन्ने विषयमा विस्तृत छलफल गरिरहेको’ छ ।

गत हप्तादेखि अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दुई वर्षदेखि जारी गाजाको युद्धमा युद्धविरामको लागि नयाँ मस्यौदा प्रस्ताव प्रसारित गर्न सुरु गरेको हो ।

ट्रम्प प्रशासनले विगतमा संयुक्त राष्ट्रसङ्घप्रति बारम्बार आलोचनात्मक धारणा राख्दै आएको भए पनि धेरै राष्ट्रले गाजामा कुनै पनि प्रकारको सैन्य तैनाथी गर्नुअघि सुरक्षा परिषद्को स्वीकृति अनिवार्य हुने स्पष्ट सङ्केत दिएका छन् ।

रुबियोले गाजामा अन्तर्राष्ट्रिय बलको तैनाथीले केवल प्यालेस्टिनी जनतालाई थप सहयोग नपुर्‍याउने मात्र नभई हमासलाई पनि कमजोर पार्ने प्रयासमा सहायक हुने विश्वास व्यक्त गरे ।

“यदि तपाईंले केवल मानवीय सहायता मात्र होइन, पुनर्निर्माण र विकासको गति पनि तीव्र बनाउन चाहनुहुन्छ भने त्यसका लागि दिगो सुरक्षा अपरिहार्य हुन्छ”, उनले भने ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा स्थायित्व, पुनर्विकास र दीर्घकालीन शान्ति स्थापनाका लागि सामूहिक रूपमा अघि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ३ : २३ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा