विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय दिलिप सिजापतिलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय रोशन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६१ ट्याब्लेट, स्पास्पेन २ सय ७८ ट्याब्लेट, डिकोलिक ६ ट्याब्लेट र नगद ८ हजार ६ सय ५० रूपैयाँसहित गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै विराटनगर महानगरपालिका-५ रिङ रोडबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित बर्जु गाउँपालिका-३ बस्ने २२ वर्षीय मुकेश कुमार चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्रामसहित कमल गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रज्वल बाँनियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिराहाको सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम ८ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ पटेर्वा बस्ने २५ वर्षीय राम जिवन यादव र २७ वर्षीय दिपक कुमार यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिराहासमेतबाट खटिएको प्रहरीले स.११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका-१६ नवीनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट, बोमिन १ हजार ४ सय ४५ ट्याब्लेट र नगद २३ हजार ९५ रूपैयाँसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने २० वर्षीय विमल कुमाल, २४ वर्षीय सागर गुरूङ र २३ वर्षीय सुदिप श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका-५ लमही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने लमही नगरपालिका-५ सुनखोली बस्ने ३० वर्षीय नारायण पुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले लाहुरे पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम, २ थान मोबाइल र डिजिटल तराजु १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-
७ बस्ने २३ वर्षीया सुनिता परियार रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कायालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : २३ बजे

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको