जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई  « Khabarhub

जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई 


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन् ।  गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएपछी प्रहरी प्रमुख कार्कीले गृहमन्त्री अर्याललाई कार्यकक्षमा भेट गरेका हुन् ।

भेटमा गृहमन्त्री अर्यालले आईजीपीमा बढुवा नियुक्ति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सदभाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधि सभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए। 

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रूपमा हुने आदेश र निर्देशको परिधिभित्र रही आफू र आफ्नो संगठनले सँधै जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्दै आफू दत्तचित्त भई लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।  

यसै क्रममा गृहमन्त्री अर्याल र नवनियुक्त प्रहरी प्रमुख कार्कीले संयुक्तरूपमा गृह मन्त्रालयमा जेन-जी आन्दोलनमा घाइते भएका दुई जना र जेन-जी प्रतिनिधिसँग भेट गरेका छन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन-जीका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ४२ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित