जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई  « Khabarhub

जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई 


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन् ।  गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएपछी प्रहरी प्रमुख कार्कीले गृहमन्त्री अर्याललाई कार्यकक्षमा भेट गरेका हुन् ।

भेटमा गृहमन्त्री अर्यालले आईजीपीमा बढुवा नियुक्ति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सदभाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधि सभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन दिए। 

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रूपमा हुने आदेश र निर्देशको परिधिभित्र रही आफू र आफ्नो संगठनले सँधै जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्दै आफू दत्तचित्त भई लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।  

यसै क्रममा गृहमन्त्री अर्याल र नवनियुक्त प्रहरी प्रमुख कार्कीले संयुक्तरूपमा गृह मन्त्रालयमा जेन-जी आन्दोलनमा घाइते भएका दुई जना र जेन-जी प्रतिनिधिसँग भेट गरेका छन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन-जीका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ४ : ४२ बजे

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण