नेपाली विद्यार्थी, व्यवसायी र स्टार्टअपलाई ‘इन्डिया एआई इम्प्याक्ट च्यालेन्ज २०२५’मा सहभागी हुन आह्वान « Khabarhub

नेपाली विद्यार्थी, व्यवसायी र स्टार्टअपलाई ‘इन्डिया एआई इम्प्याक्ट च्यालेन्ज २०२५’मा सहभागी हुन आह्वान


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका एआई नवप्रवर्तकहरू, विद्यार्थी, अनुसन्धानकर्ता, व्यवसायी र स्टार्टअपहरूलाई आफ्ना कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी समाधान विश्वसामु प्रदर्शन गर्ने अवसर आएको छ। त्यसका लागि ‘इन्डिया एआई इम्प्याक्ट च्यालेन्ज२०२५’ का लागि आवेदन खुला गरिएको छ।

कार्यक्रममा सहभागिताका लागि तीन मुख्य श्रेणीमा आवेदन मागिएको छ भारतीय दूतावासले जनाएको छ।

ठूला-स्तरीय प्रभाव पार्न सक्ने एआई समाधानहरू (पाइलट चरण वा सोभन्दा माथि)

महिला नेतृत्वमा आधारित टोलीहरूले विकास गरेका एआई समाधानहरू (पाइलट चरण वा सोभन्दा माथि)

१३ देखि २१ वर्ष उमेर समूहका युवा टोलीहरूले तयार पारेका एआई अवधारणा वा समाधानहरू (अवधारणाको प्रमाण पनि स्वीकार्य)

यस अभियानमा सहभागी हुन इच्छुकले इम्प्याक्ट डट इन्डियाएआई डट गभ डट इनमार्फत् आवेदन दिन सक्ने भएका छन्। आवेदन दिने अन्तिम मिति सन् २०२५ नोभेम्बर ३० सम्मलाई तोकिएको छ।

कार्यक्रमलाई भारतको विदेश मन्त्रालय, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय लगायत संस्थाहरूले सहआयोजन गरेका हुन्। नेपालबाट रोबोटिक्स एसोसियसन नेपाल र नेपाल-भारत चेम्बर्स अफ कमर्श इन्डस्ट्रीको सहकार्यमा सहभागिता जनाउन सकिने भएको छ।

आयोजकहरूका अनुसार, यसले दक्षिण एशिया क्षेत्रमा एआई नवप्रवर्तनलाई प्रोत्साहन गर्दै विद्यार्थी, महिला तथा युवा उद्यमीहरूलाई विश्वव्यापी एआई प्रविधिमा योगदान गर्न सक्षम बनाउनेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ०१ बजे

जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा, राष्ट्रप्रमुखको २७ वर्षपछि पहिलो राजकीय भ्रमण

लण्डन – जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले जर्मनीको राष्ट्रप्रमुखको रूपमा २७

सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा

आजका समाचार : कुलमानमाथि खनिए जेन-जी, एमालेको रिटमा सर्वोच्चले कारण सोध्यो, मधेशमा सरकार गठनको आह्वान र लुम्बिनीसँग विराटनगर पराजित

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन