फरमुल्लाह मन्सुर बोल्दा कांग्रेसमा होहल्ला, भने- बोकेको नेताले निकास दिन सक्दैन « Khabarhub

फरमुल्लाह मन्सुर बोल्दा कांग्रेसमा होहल्ला, भने- बोकेको नेताले निकास दिन सक्दैन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सह-महामन्त्री फर्मुल्लाह मन्सुरको अभिव्यक्तिले बिहीबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा हो-हल्ला मच्चिएको छ।

बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै मन्सुरले आगामी फागुन २१ गते हुने आमनिर्वाचनअघि नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। उनले भने, ‘अहिले पनि बोकेको व्यक्तिले कांग्रेस हाँक्न सक्दैन, अहिलेको संकटबाट निकास पनि दिन सक्दैन।’

उनले कांग्रेसको भ्रातृसंस्था बनाउँदा पनि नेतृत्व बोकेर बनाइएकाले त्यसले काम गर्न नसकेको उदाहरण दिए। ‘मैले त्यसरी नबनाऊँ भनेको थिएँ। बोकेको बाघले मृग मार्न सक्दैन भनेको थिएँ। बोकेको व्यक्तिले काम गर्न सक्दैन,’ उनले थपे ।

उनको यस भनाइपछि हलमा केही नेताले असहमति जनाउँदै ‘शब्द सम्हालेर बोल्नुस्’ भन्ने दबाब दिए ।

मन्सुरले भने, ‘स्पाथना कालदेखि कांग्रेसले मुलुकको नेतृत्व गर्दै आएको हो। आज पनि राजनीतिक निकास कांग्रेसले नै दिन सक्छ, तर बोकेको नेतृत्वले होइन। त्यसैले निर्वाचनअघि नेतृत्वको छिनोफानो हुनुपर्छ।’

उनले पार्टीभित्रको नेतृत्वको असमर्थता र संगठनात्मक कमजोरीतर्फ संकेत गर्दै निष्कर्षमा भने, ‘अहिले हामीले अग्रगमनको एजेन्डा समात्नुपर्छ, त्यसका लागि पहिले महाधिवेशन गरेर नेतृत्वलाई नयाँ ऊर्जा दिनु जरुरी छ।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : २१ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक