एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ? « Khabarhub

एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ?


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सत्ता सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेको बताएका छन् ।

दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफू सुरूदेखि नै कांग्रेस-एमाले मिलेर सरकार बनाउन नहुने पक्षमा रहेको बताएका छन् ।

‘मैले त सुरूदेखि नै कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन भनेको थिएँ । तर मैले कांग्रेस-एमाले सत्ता सहकार्यमा गएको कुरा पत्रिकामा पढेर थाहा पाएँ ।’

उनले २०८१ असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति गरेको भोलिपल्ट सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेर प्रश्न गरेको बताए । बाहिर कार्यकर्ताले पार्टी पदाधिकारी बसेर निर्णय गरेको भनेर आफ्नो आलोचना भएको बताए ।

‘मैले त्यसबेला प्रश्न उठाएपछि एमालेसँग मिल्न नदिन सांसदहरूसँग लबिइङ गर्नुपर्‍थ्यो’, उनले भने, ‘तर हामीले त्यसो गर्न सकेनौँ। विरोध गरेपछि त्यसलाई किनारा लगाउन सक्नुपर्‍थ्यो, त्यसमा चुक्यौँ ।’

उनले एमालेसँग मिल्ने निर्णय गर्दा आफूले प्रश्न उठाएर त्यसलाई किनारा लगाउन नसकेकोमा पछुतो माने । देउवालाई रोक्न सकेको भए आजको अवस्था नआउने पनि उनको आँकलन छ ।

‘मैले सभापति (शेरबहादुर देउवा) को घरमा कांग्रेस तपाईंको ‘प्राइभेट कम्पनी’ हो भनेर सोधेको थिएँ’, उनले भने, ‘तर उहाँले मलाई भइहाल्यो, भइहाल्यो यार, हिजो भनेको भए त कुरा बाहिर निस्किन्थ्यो भनेर मलाई मनाउनु भयो ।’

उनले त्यसबेला कुनै पनि हालतमा एमालेसँग मिलेर सरकार बनाउन सकिँदैन भन्न सक्नुपर्ने तर त्यसो नभएकाले समस्या भएको पनि बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ३४ बजे

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं – रङको पर्व होली आज हिमाली तथा पहाडी जिल्लासँगै

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’