एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ? « Khabarhub

एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ?


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सत्ता सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेको बताएका छन् ।

दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफू सुरूदेखि नै कांग्रेस-एमाले मिलेर सरकार बनाउन नहुने पक्षमा रहेको बताएका छन् ।

‘मैले त सुरूदेखि नै कांग्रेस र एमाले मिलेर सरकार बनाउनु हुँदैन भनेको थिएँ । तर मैले कांग्रेस-एमाले सत्ता सहकार्यमा गएको कुरा पत्रिकामा पढेर थाहा पाएँ ।’

उनले २०८१ असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति गरेको भोलिपल्ट सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेर प्रश्न गरेको बताए । बाहिर कार्यकर्ताले पार्टी पदाधिकारी बसेर निर्णय गरेको भनेर आफ्नो आलोचना भएको बताए ।

‘मैले त्यसबेला प्रश्न उठाएपछि एमालेसँग मिल्न नदिन सांसदहरूसँग लबिइङ गर्नुपर्‍थ्यो’, उनले भने, ‘तर हामीले त्यसो गर्न सकेनौँ। विरोध गरेपछि त्यसलाई किनारा लगाउन सक्नुपर्‍थ्यो, त्यसमा चुक्यौँ ।’

उनले एमालेसँग मिल्ने निर्णय गर्दा आफूले प्रश्न उठाएर त्यसलाई किनारा लगाउन नसकेकोमा पछुतो माने । देउवालाई रोक्न सकेको भए आजको अवस्था नआउने पनि उनको आँकलन छ ।

‘मैले सभापति (शेरबहादुर देउवा) को घरमा कांग्रेस तपाईंको ‘प्राइभेट कम्पनी’ हो भनेर सोधेको थिएँ’, उनले भने, ‘तर उहाँले मलाई भइहाल्यो, भइहाल्यो यार, हिजो भनेको भए त कुरा बाहिर निस्किन्थ्यो भनेर मलाई मनाउनु भयो ।’

उनले त्यसबेला कुनै पनि हालतमा एमालेसँग मिलेर सरकार बनाउन सकिँदैन भन्न सक्नुपर्ने तर त्यसो नभएकाले समस्या भएको पनि बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ३४ बजे

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले