‘जनतामा कांग्रेसप्रति भरोसा घट्यो, अब आश्वासन होइन, परिणाम दिन सक्नुपर्छ’ « Khabarhub

‘जनतामा कांग्रेसप्रति भरोसा घट्यो, अब आश्वासन होइन, परिणाम दिन सक्नुपर्छ’


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले नयाँ राजनीतिक विश्वसको वातावरण बनाउन आत्मपरीक्षणबाट अघि बढ्नुपर्ने बताएका छन् ।

सानेपामा दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार लिखित भनाइ राख्दै उनले जेन–जी आन्दोलनपछि देशको राजनीतिक परिदृश्य पूर्ण रूपमा बद्लिएको भन्दै नेपाली कांग्रेसले त्यसको यथार्थबोध गर्नुपर्ने बताए।

‘हामीले देशको राजनीतिक संकटको मूल कारणहरू बुझ्न नसकेका कारण कांग्रेस जनतामा कमजोर बन्दै गएको छ,’ उनले लेखे, ‘जनता अब आश्वासन होइन, परिणाम चाहन्छन्।’

शर्माले पार्टीको नेतृत्व तहमा देखिएको असमर्थता र संगठनभित्रको निष्क्रियता हटाउन तत्काल कदम चाल्नुपर्ने बताए। उनले भने, ‘आमनागरिकमा कांग्रेसप्रति भरोसा घट्दै गएको छ। त्यो पुनःस्थापना गर्न संगठनात्मक सुधार र राजनीतिक स्पष्टता आवश्यक छ।’

महामन्त्री शर्माले पार्टीका भ्रातृ तथा सुभगठनहरूलाई कार्यगत रूपमा सक्रिय बनाउने, नीति निर्माणमा युवा पुस्ताको सहभागिता बढाउने र भ्रष्‍टाचारविरुद्ध ठोस कदम चाल्ने प्रस्ताव राखेका छन्।

उनले जेन–जी आन्दोलनले देशको राजनीतिक चेतनामा नयाँ अध्याय खोलेको बताए। ‘हामीले त्यसलाई खतराको रूपमा होइन, राजनीतिक सुधारको अवसरका रूपमा लिनुपर्छ,’ उनले भने, ‘त्यो आन्दोलनले जनताको असन्तुष्टि उजागर गरेको हो, त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी कांग्रेसकै हो।’

शर्माले आगामी फागुन २१ मा तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र जनमुखी बनाउन सबै दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले लोकतन्त्रको रक्षा गर्न प्रतिस्पर्धा होइन, सहकार्यको राजनीति सिक्नुपर्ने बेला आएको छ।’

उनले केन्द्रीय कार्यसमितिलाई सरकारको कामकारबाहीबारे स्पष्ट धारणा बनाउन, असफल आर्थिक नीतिका विकल्प प्रस्तुत गर्न र नागरिक सरोकारका मुद्दामा ठोस कदम चाल्न आग्रह गरे।

शर्माले अगाडि भने, ‘अब हामीले बयान होइन, व्यवहारको राजनीतिमा फर्कनुपर्छ। कांग्रेसले फेरि पनि देशलाई दिशा देखाउन सक्छ, तर त्यसका लागि आत्मपरीक्षण, निष्ठा र नवप्रवर्तन आवश्यक छ।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : ०८ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा