आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण « Khabarhub

आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एशोसिएसन) लाई आपत्कालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । 

सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले आज भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो । 

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्ड निरन्तर काम गरिरहेको बताए। 

उनले भने, ‘नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार सङ्घसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौं ।’

बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार केबल आपतकालीन व्यवस्थापन मात्र नभएर नेपाल पर्यटनको विश्वसनीयता निर्माण गर्ने माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताए। 

बोर्ड कार्यसमिति सदस्य ऋषि भण्डारीले हिमाली क्षेत्रमा सुरक्षासँगै वातावरणीय संवेदनशीलता पनि जोडिने भएकाले यस्तो सहयोगले जिम्मेवार पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताए । 

हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुलीले नेपाल पर्यटन बोर्डको सहयोगप्रति आभार व्यक्त गरे । 

उनले भने, ‘सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ । बोर्डको यो सहयोगले हाम्रो उद्धार कार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।’

कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत हिक्मत सिंह ऐर, हिमालय उद्धार सङ्घका सिइओ गोविन्द बस्याल, सङ्घका अन्य पदाधिकारीहरू, बोर्डका अधिकारीहरू र पर्वतीय पर्यटनमा काम गरिरहेका व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत सिद्धार्थ विश्वकर्माले सहजीकरण गरेका थिए ।

उक्त अवसरमा बोर्डले सङ्घलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स चार थान, डिसेन्डर्स पाँच थान, पुली चार थान, स्लिङ्स पाँच थान, आइस स्क्रु र पिकेट्स पाँच थान, बिले डिभाइस चार थान, एंकर्स चार थान र स्लीपिङ ब्याग पाँच थान हस्तान्तरण गरेको थियो ।

नेपाल पर्यटन बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजीक्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ०२ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने