राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा « Khabarhub

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको कार्यालय पुगेका छन् ।
 
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मालगायत समितिका सचिव एवं उपसचिव सञ्जय दाहाललगायत ११ जना समितिका सदस्यहरू टोली कालिकास्थानस्थित अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अनुगमन गर्न पुगेका हुन् । 

अनुगमनमा सहभागी भएका समितिका सदस्य रेनु चन्दले अध्यागमन विभाग ऐनअनुसार कार्यसम्पादन गर्न के–कस्तो कठिनाइ छ रु बुझ्नु र दैनिक कार्य एवं नीतिगत समस्याहरू के के छन ? भनी पत्ता लगाउन अवलोकन गरिएको चन्दले बताए। 

‘हामीले आज कार्यालयमा पुगेर त्यहाँको कार्यशैलीमा आएका समस्याहरू प्रत्यक्ष बुझ्ने प्रयास गरौँ’, उनले भने।

समितिका सचिव एवं उपसचिव सञ्जय दाहालले अध्यागमन ऐन, २०४९ प्रत्यायोजित विधायनबारे अध्ययन गर्ने क्रममा रहेकाले अध्ययन गर्नुअघि वस्तुस्थति अनुगमन गरिएको बताए। 

‘आज स्थलगत अवलोकन मात्रै गरेका हौँ’, उनले भने, ‘अनुगमनको केही समयपछि प्रतिवेदन तयार पार्ने छौँ र बैठकमा छलफल गर्ने भएका छौँ ।’ 

अध्ययागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले राष्ट्रियसभाका सदस्यहरूको अनुगमनले थप जिम्मेवार बनाएको बताए। 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : १५ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा