जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह « Khabarhub

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले गरेको जर्मन चान्सलर फ्रेडरिक मर्जले बताएका छन् ।  
जेलेन्स्कीसँग गरेको टेलिफोन संवादमा मर्जले भने, ‘युक्रेनी सरकारले ‘भ्रष्टाचारविरोधी उपायहरू र विशेष गरी कानूनको शासनको क्षेत्रमा थप सुधारहरू’ उत्साहपूर्वक अगाडि बढाउनु पर्छ।’

बुधबार जेलेन्स्कीले ऊर्जा क्षेत्रमा भएको व्यापक आर्थिक अपचलनलाई लिएर आफ्ना ऊर्जा र न्याय मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । युक्रेनको उर्जा क्षेत्र लगभग चार वर्षदेखि रूसी आक्रमणबाट प्रभावित छ।

संवादमा जेलेन्स्कीले मर्जलाई अर्जा षेत्रमा भएको आर्थिक घोटालाबारे अनुसन्धानको बारेमा जानकारी गराएका थिए ।

 उनले भने, ‘पूर्ण पारदर्शिता, स्वतन्त्र भ्रष्टाचार विरोधी अधिकारीहरूलाई दीर्घकालीन सहयोग, साथै युक्रेनी जनसङ्ख्या, युरोपेली साझेदार र अन्तर्राष्ट्रिय दाताहरूको विश्वास पुनस्र्थापना गर्न थप द्रुत उपायहरू अवलम्बन गरिनेछ।’

सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्ण आक्रमण सुरु गरेयता जर्मनी युक्रेनलाई सहायताको दोस्रो सबैभन्दा महत्त्वपूर्ण आपूर्तिकर्ता भएको छ।
 
बुधबार मर्जका प्रवक्ता स्टेफन कोर्नेलियसले पत्रकारहरूलाई भने, ‘जर्मनी हालको घोटालाबाट ‘चिन्तित’ छ । विशेष गरी यो जर्मनीबाट विशेष सहयोग प्राप्त ऊर्जा क्षेत्रको पूर्वाधारसँग सम्बन्धित छ।’

यद्यपि, मर्जका प्रवक्ता स्टेफेन कोर्नेलियसले भने, ‘यसले जर्मनीबाट हुने भुक्तानीलाई असर गर्दैन।’
 
कोर्नेलियसले भने, ‘यतिवेला हामीलाई युक्रेनी सरकारमा विश्वास छ । घोटालाको बारेमा स्पष्टता प्रदान गर्न, यस मुद्दामा जर्मनी र युक्रेनबीच ‘घनिष्ठ संवाद’ भएको छ ।’ 
 

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : १९ बजे

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार

स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज