स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै « Khabarhub

स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चितवन जाँदैछन्। माघ ५ गते पछाडि उनी सार्वजनिक कार्यक्रमका लागि लामो यात्रामा निस्किन लागेका हुन् ।

माघ ५ गते जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् सभामा सहभागी हुँदा उनको खुट्टामा चोट लागेको थियो।

इँट्टामा ठोकेर निलो चोट भएको उनको खुट्टा क्रमिक रुपमा सङ्क्रमणको रुपमा फैलन पुगेपछि १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।

माघ १५ गते डिस्चार्जपछि उनी घरमै आराम गरिरहेका थिए । उनको सचिवालय सदस्य अविनाश आचार्यका अनुसार अहिले त्रिभुवन विमानस्थलबाट रवि चितवन जान लागेका छन्।

आचार्यले केहीबेरमै चितवनको फ्लाइट रहेको जानकारी गराएका छन्।

आचार्यका अनुसार रविले केही दिनसम्म चितवनमै आराम गरेर शुभचिन्तक र शुभेच्छुकलाई भेट्नेछन् भने खुट्टामा पूर्ण सुधार भएपछि उनी देश दौडानमा निस्कने छन्।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १२ : ०४ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण