द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक « Khabarhub

द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरूमा संगठन विस्तार गरेको छ। सुदन गुरुङ संयोजक रहेको यो समूहले झापाबाहेकका अन्य जिल्लाहरूमा संगठन विस्तार गरेको कोशी संयोजक उपार्जुङ राईले खबरहबलाई बताए ।

उनका अनुसार झापामा भने धेरै आकांक्षी हुँदा संयोजक तोक्न कठिनाइ भएको हो । उनका अनुसार झापामा केही दिनभित्रै संयोजक तोकिने बताइएको छ। 

राईले खबरहबलाई दिएको जानकारी अनुसार पाँचथरमा कुशल लिम्बु, ताप्लेजुङमा सरोज कलिंगा, तेह्रथुममा विनिता लिम्बु, इलाममा सुदीप राई, धनकुटामा सिजन जोशी, सुनसरीमा नवीन राई, मोरङमा राम खत्री, भोजपुरमा आशिका तामाङ, उदयपुरमा सुरेन्द्र साम्पाङ, ओखलढुङ्गामा सुजन आङ्गो, खोटाङमा आइस राई र सोलुखुम्बुमा करिना राई रहेका छन्।

यसैगरी देशभर काउन्सिल अफ जेन-जीले संगठन विस्तार गर्दै लगिने उनले बताए । संयोजकहरू उत्साहित भएर आफ्ना गतिविधि गरिरहेको र भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : २२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी