आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने « Khabarhub

आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रधान कार्यालय नक्सालमा पद बहाली गरेका छन् । उनले पद बहालीसँगै कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जाको सुविधा बढाउने पहिलो निर्णय गरेका छन्।

पदभार ग्रहणपछि नीति समन्वय समितिको बैठकमा उनले कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने निर्णय गरेका हुन्। जसबाट अब ५ प्रतिशत ब्याजदरमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका कर्मचारीले कर्जा पाउने छन्।

आकस्मिक अवस्थामा आकस्मिक सहुलियत अल्पकालीन कर्जा दिने निर्णय भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए।

यस प्रयोजनका लागि यही आर्थिक वर्षमा अधिकतम् १० करोड रुपैयाँ छुट्याउने तयारी छ । प्रहरी प्रधान कार्यालयले शिक्षा, स्वास्थ्य तथा घरायसी समस्या परेका प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर सहुलियत कर्जा दिने निर्णय गरेको हो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ३७ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ