मङ्सिर पहिलो साता अन्तर्राष्ट्रिय कर सम्मेलन हुने | Khabarhub Khabarhub

मङ्सिर पहिलो साता अन्तर्राष्ट्रिय कर सम्मेलन हुने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मङ्सिर २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा अन्तरराष्ट्रिय कर सम्मेलन आयोजना हुने भएको छ ।
    
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र सुधारको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए।     

‘सम्मेलन विशेषगरी नेपालको कर प्रणालीको विकसित रुप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीहरुलाई अन्तरराष्ट्रियस्तरका विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ’, उनले भने। 

उनका अनुसार सम्मेलनमा ३५० जना अन्तरराष्ट्रिय प्रतिनिधि र २०० भन्दाबढी नेपालका कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञहरुको सहभागिता रहनेछ ।
    
सम्मेलनले नेपालको कर र वित्त व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर नीति र अनुपालनामा अन्तरराष्ट्रिय अभ्यास आदनप्रदान र सञ्चार प्रवर्द्धन गर्नेमा अपेक्षा गरिएको छ । यसमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानीका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने अध्यक्ष पोखरलले बताए ।
    
सम्मेलनमा विकासशील देशहरूको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रमा कर नीति कार्यान्वयनका चुनौतीहरू, विश्वव्यापी कर अनुपालनामा कर व्यवसायीको भूमिका, कर प्रशासनमा डिजिटल रूपान्तरणका अवसर र चुनौती, विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरूको आचारसंहिता र व्यावसायिक दायित्वलगायतका विषयमा बहस हुनेछ । 
    
सम्मेलनको आकर्षणका रुपमा मङ्सिर ५ गते आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘प्राक्टिकल एस्पेक्ट अफ ट्रान्सफर प्राइसिङ’ विषयमा चार घण्टा लामो सेमिनार आयोजना हुनेछ । 

सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सलटेन्ट्स एशोसिएसनको समन्वयमा सञ्चालन हुनेछ । नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्स सन् २०१८ मा स्थापना भएको हो । 

संस्थाले नेपालमा करसम्बन्धी नीतिगत अध्ययन, कर विज्ञको प्रवर्द्धन, प्रचलित अन्तर्राष्ट्रिय कर अभ्यासको विश्लेषण, कर व्यवसायीको संस्थागत विकास तथा करसम्बन्धी निकायसँग सहकार्य र समन्वय गर्दै आएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ५४ बजे

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै

पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक