मधेसमा धान उत्पादनमा कमी आउने « Khabarhub

मधेसमा धान उत्पादनमा कमी आउने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र बाली भित्र्याउने समयमा परेको वर्षातको कारणले यस वर्ष मधेस प्रदेशमा धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने अनुमान गरिएको छ ।

कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले यो वर्ष धान बाली लगाउने र भित्र्याउने समयमा प्रतिकूल मौसमको कारणले मधेस प्रदेशमा धान उत्पादन घट्ने अनुमान गरेको बताए ।

“अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कले मधेस प्रदेशमा करिब २० प्रतिशतसम्म धान उत्पादन घट्ने अनुमान गरेका छौँ”, उनले भने, “धानबाली लगाउने बेला मधेस प्रदेशमा देखिएको सुक्खायामको कारणले धानखेती हुने कूल क्षेत्रफलमध्ये १३ प्रतिशतमा रोपाइँ हुन सकेन ।”

उनले धानबाली भित्र्याउने समयमा परेको वर्षातको कारणले धानबालीमा ठूलो असर पारेको उल्लेख गरे । निर्देशनालयका अनुसार मधेस प्रदेशमा करिब १३ लाख मेट्रिकटन धान उत्पादन हुन्छ । जसमध्ये यस वर्ष भने करिब १० लाख मेट्रिकटनको हाराहारीमा धान उत्पादन हुने अनुमान गरिएको छ ।

निर्देशनालयका अनुसार मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ हुने तीन लाख ७२ हजार ६४५ हेक्टर छ । जसमध्ये ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले मधेस प्रदेश सरकारले कृषि क्षेत्रमा यान्त्रिक प्रविधि गरेर उत्पादकत्व बढाउनेतर्फ अग्रसर रहँदै आइरहेको बताए ।

“प्रदेश सरकारका भएका प्रविधिहरुको उच्चतम प्रयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्न लागिरहेका छौँ”, उनले भने, “प्राविधिकहरुको दक्षता अभिवृद्धि समग्र कृषि क्षेत्रलाई सुधार्नेतर्फ अग्रसर भइरहेका छौँ ।”

कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशका प्रमुख विश्वेरप्रसाद यादवले प्रदेशस्तरमा कार्यरत रहेका कृषि प्राविधिकको क्षमता अभिवृद्धि गरेर कृषिमा लागत घटाउँदै उत्पादकत्व बढाउनको लागि अभिमुखीकरण गरिएको जानकारी दिए ।

“कृषि क्षेत्रमा भएको यान्त्रिकरण र प्राविधिक विषयलाई कृषकमाझ पु¥याउन यस्ता खालका कार्यशाला गोष्ठी गर्दै आइरहेका छौँ”, उनले भने, “यसले कृषि क्षेत्रमा भएका नयाँ प्रविधि र अनुसन्धानका कार्यलाई हस्तान्तरण गर्नका लागि मद्दत पु¥याउनेछ ।”

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ८ : ३७ बजे

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

जानकी – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी

सङ्खुवासभाको मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथांका– सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको

अमेरिकी टेकबाट टाढिँदै ईयू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (ईयू) ले