पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस « Khabarhub

पार्टीलाई जानकारी नै नदिई मन्त्री बनेकी राप्रपाकी सांसदलाई साधारण सदस्यबाट पनि हटाउन सिफारिस


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ।

बिहीबार बसेको राप्रपाको अनुशासन समितिको बैठकले बिच्छालाई सांसद पदबाट हटाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अध्यक्ष राजेन्द्रलिङ्देनसमक्ष सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, यसअघि नै पार्टीले बिच्छालाई विवादित सरकारमा पार्टीसँग छलफल नै नगरी सहभागी भएको विषयमा स्पष्टीकरण सोधेको थियो। तर, २४ घण्टा बितिसक्दा पनि जवाफ नआएछि कारबाही सिफारिस गरिएको हो।

विवादितरूपले गठन भएको एमालेका सरोज यादव नेतृत्वको सरकारमा बिच्छा सल्लाहबिनै मन्त्री बनेपछि लिङ्देनले कात्तिक २४ गते उनलाई फिर्ता हुन भनेका थिए।

तर, बिच्छाले फिर्ता हुन नमानेपछि केन्द्रीय अनुशासन समितिमार्फत कारबाही प्रक्रिया सुरु गरिएको हो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ८ : ५६ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने