एकमहिनामा कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्नेक्रम सकियो, निर्णय भने आएन « Khabarhub

एकमहिनामा कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्नेक्रम सकियो, निर्णय भने आएन


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक महिनासम्म चलेको छ। असोज २८ गतेदेखि सुरु भएको बैठक आज कात्तिक २७ गतेसम्म पदाधिकारी र सदस्यले बोल्नेक्रम सकिएको छ।

बैठकको निर्णय भने अझै पनि आएको छैन। कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि, चुनावपछि भन्नेमा मतभेद छ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन पुष १६ गतेदेखि १९ गतेसम्म गर्नुपर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरेका थिए।

त्यसै दिन थापाको महाधिवेशन सम्बन्धी कार्यतालिकामा काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले पार्टीको १५औँ महाधिवेशन वैशाख २७ गतेदेखि ३० गतेसम्म गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए।

सदस्यहरूले धारणा राख्ने क्रममा यी दुई कार्यतालिकामध्ये एक कार्यतालिकामा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा राखेका थिए। सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापन पक्षका नेताहरूले समर्थन गरेका थिए भने महामन्त्री थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका सदस्यहरूले समर्थन गरेका थिए।

आज महामन्त्री थापाले मंसिर २७ गते विशेष महाधिवेशन हुने जानकारी गराए। उनले नेताहरुले नै नियमित महाधिवेशनका लागि क्रियाशीलको विवाद झिकेको भन्दै उनले विशेष महाधिवेशनको मिति तोकेका हुन्।

विवादमा सहमति जुटाउनका लागि निर्णय भोलि एक दिनको समय बैठक राखिएको छैन। अब सहमतिका लागि शुक्रबार नेताहरुले छलफल गर्ने बताइएको छ। बैठक अब शनिबार बस्ने र उक्त बैठकले निर्णय सुनाउने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : ५१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु