मैत्रीपूर्ण खेलमा नेपाल र बंगालादेशको बराबरी « Khabarhub

मैत्रीपूर्ण खेलमा नेपाल र बंगालादेशको बराबरी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । इन्जुरी समयमा नेपालले गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

बिहीबार ढाकास्थित नेशनल स्टेडियममा भएको रोमाञ्चक खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। तर, दोस्रो हाफको सुरुवातमै घरेलु टोली बंगलादेशले लगातार दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पार्यो ।

नेपालका लागि २९औं मिनेटमा रोहित चन्दले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक गोलले सुरुवाती अग्रता दिलाएका थिए। रोहितको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो।

तर, दोस्रो हाफको सुरुवातमै बंगलादेशका स्टार खेलाडी हम्जा चौधरी चम्किए । ४६औं मिनेटमा उनले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत हम्जाले दोस्रो गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए।

खेल सकिन लाग्दा इन्जुरी समयमा अनन्त तामाङले हेडिङमार्फत निर्णायक गोल गर्दै नेपाललाई हारबाट जोगाए।

यो खेल दुवै देशका लागि आगामी एएफसी एसियन कप छनोट तयारीको रुपमा लिइएको छ । नेपालले अब आगामी नोभेम्बर १८ ९मंसिर २८० मा मलेसियासँग छनोट चरणको खेल खेल्नेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : ५६ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका